आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – नेपालमा गत २४ घण्टामा २,०७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भने २२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले फेला परेका सङ्क्रमितमध्ये १,४१६ जना काठमाडौं उपत्यकाका हुन् । योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

थप २२ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म ६३६ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १,५५२ जना रोगमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया