आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भन्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा सफल शल्यक्रिया पछि उनलाई क्याबिनमा सारिएको छ ।

पूर्व कप्तान पारस खड्काले भण्डारीलाई आइसीयुबाट क्याबिनमा सारिएको बताएका छन् । भण्डारीको असोज १ गते ग्रान्डी अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डाक्टर चक्रराज पान्डेको नेतृत्वमा ललितको जटिल शल्यक्रिया सम्पन्न भएको थियो ।

भदौ २९ गते धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनीसँग रहेका करन ठगुन्ना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया