Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – विश्वमा एकै दिन तीन बढी कोरोना संक्रमित थपिइरहेका बेला रुसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अर्काे एउटा एन्टिभाइरल औषधि तयार गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रुसले हल्का लक्षणवाला संक्रमितका लागि प्रयोग गरिने कोरोनाभिर औषधि बनाएको हो । कोरोनाका बिरामीमा यो औषधि प्रयोगका लागि त्यहाँको औषधि नियामक निकायले अनुमति दिएको बीबीसीले जनाएको छ ।

आर-फार्म कम्पनीले बनाएको उक्त औषधि आगामी हप्ता रुसका बजारमा उपलब्ध हुने जानकारी शुक्रबार कम्पनीले दिएको छ । यसअघि मेमा रुसमा एक अर्काे औषधि एभिफाभिर नामको औषधिलाई कोरोना संक्रमितमा प्रयोगका लागि अनुमति दिइएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी दुवै औषधि जापानमा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित छन् । फेभिपिरभिर एक एन्टिभाइरल औषधि हो, जुन जापानमा फ्लु र भाइरस संक्रमणको उपचारमा प्रयोग गरिन्छ ।

आर–फार्मा कम्पनीका अनुसार १६८ जनामा तेस्रो चरणको क्लिनिकल परीक्षणपछि कोरोनाभिर औषधिले अनुमति पाएको हो । रुस सरकारको एक रिपोर्टअनुसार यसअघि कोरोनाभिर गत जुलाईमा अस्पतालमा भर्ना भएका बिरामीमा प्रयोगका लागि अनुमति प्राप्त भएको थियो ।

जानकारका अनुसार रुस कोरोनाविरुद्धका खोप एवं औषधि विकासको दौडमा विश्वकै पहिलो हुन चाहन्छ । यसअघि रुसले कोरोनाविरुद्ध स्पुतनिक-५ बनाइसकेको छ । जुन खोपलाई अन्य देशमा पनि प्रयोगका लागि अनुमति दिलाउने प्रयास उसले गरिरेहको छ । रुसमा बनेको खोप भारतमा ल्याउने तयारी पनि भइरहेको बीबीसीले जनाएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया