काठमाडौं – कोरोना भाइरसले मानिसको मस्तिष्कका कोषलाई संक्रमण गराउन सक्ने देखाएकोे छ । लाइभसाइन्समा प्रकाशित समाचार अनुसार कोरोना भाइरसले मस्तिष्कको कोषलाई संक्रमण गराउन सक्ने अध्ययनले देखाएको हो ।
अध्ययनले कोरोना भाइरसले मानिसको मस्तिष्कमा हुने न्यूरोन्स नामक कोषलाई प्रत्यक्ष रूपमा संक्रमित गराउन सक्ने देखाएको छ । मस्तिष्कका कोषिकाहरुमा संक्रमणको असर पर्दा संक्रमित नभएका तर नजिक भएका न्यूरोन्समा भाइरसले मेटाबोलिक परिवर्तन ल्याउने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनकर्ताहरुले कोरोनाका कारण मृत्यु भएका तीन जना बिरामीहरुको अटोप्सी गरिएको मस्तिष्कको टिस्यूलाई जाँच गरेर हेर्दा उक्त कुरा पत्ता लगाएका हुन् । अध्ययनका अनुसार कोरोना भाइरसले विभिन्न ढंगबाट मस्तिष्कका कोषिकाहरुलाई क्षति गराउँछ, जसले घातक सुजकदेखि इन्सेफलोपेथी जस्ता मस्तिष्क रोगहरु समेत निम्याउँछ ।
कोरोना भाइरसले मस्तिष्कमा असर गर्दा दोधार हुने, भ्रम हुने र एकाग्रह नहुने जस्ता समस्या निम्तिन सक्ने अध्ययनले देखाएको छ । तर, अध्ययनमा उल्लेख भए अनुसार कोरोना भाइरस आफैंले मतिष्कको टिस्यूमा आक्रमण गरेको विषयका थोरै मात्र प्रमाणहरु भेटिएका थिए ।