Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – चीनले निर्माण गरिहेको कोरोनाविरुद्धको खोप दुईदेखि तीन महिनासम्ममा सर्वसाधारणको लागि उपलब्ध हुनसक्ने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुका अनुसार आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध हुनसक्छ । गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन् ।

यद्यपी उनले आफूमा कुन खोप प्रयोग गरिएको छ भनेर नखुलाएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार हाल चीनका चार वटा खोप हाल अन्तिम चरणमा प्रवेश गरसकेका छन् ।

यीमध्ये तीन वटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ । सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा भ्याक्सिन विकास गरिरहेका छन् ।

अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको छ । जसलाई गत जुनमै चिनियाँ सेनामा प्रयोग गर्न अनुमति दिइएको थियो । सिनोफार्मले यसअघि नै यसैवर्षको अन्तिममा आफ्नो खोप सर्वसाधारणको लागि उपलब्ध हुने बताएको थियो ।

हाल विश्वभर कोरोनाविरुद्धको खोप बनाउने प्रतिस्पर्धा चलेको छ । अमेरिका, चीन, रुस, बेलायत जस्ता देशमा बनेका खोपहरु हाल अन्तिम चरणको परीक्षणमा छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया