काठमाडौं – शान्ति, समृद्धि र विकासको लक्ष्य लिएर बनेको नेकपाको सरकार थुप्रै कुरारुमा चुक्दै गयो । कोभिड-१९ को महामारी शुरु भएदेखि सरकारका मन्त्री र हस्ती भन्नेहरू नै ब्यक्तिगत स्वार्थतर्फ लागेको कुरा स्वास्थ सामग्री खरिद प्रकरण होस् या ओम्नी प्रकरण या सेनालाई विवादमा तान्ने कुराले स्पष्ट पार्यो ।
अहिले कोरोना भाइरसको आक्रमणले नेपाली जनता त्रसित छ्न् । दिनहुँ कोरोनाबाट मृत्यु हुनेको संख्या बढी रहेको छ भने संक्रमितको संख्या समेत तिब्रगतिमा बढिरहेको छ । कोरोना समुदाय स्तरमा फैलिएको र अवस्था भयावह हुँदै गइरहेको छ । सिमित परिक्षणको अवस्थामा यो स्थिति छ भने परिक्षणको दायरा बढाउदा रोगिहरुको संख्या अत्यधिक हुन् सक्ने विज्ञहरूले बताएका छ्न् ।
कोभिड-१९ को नियन्त्रणमा सरकार कहाँनेर चुक्यो रु सरकारले कोरोना रोकथामको लागि लकडाउन गर्यो । त्यसलाई लकडाउनमा मात्र सिमित राख्यो । जुन अहिले पनि जारी छ । लकडाउन गरेपछि त्यो समयमा व्यापक तयारी गर्नुपर्थ्यो त्यो गरेन् । आर्थिक अनियमितता तथा अपर्याप्त बजेटको कारण स्वास्थ्य सामाग्रीको जोहो गर्न सकेन् ।
परिक्षणको दायरा सिमित हुने र रिपोर्ट ढिलो आउँने निरन्तर जारी रहयो । सिमानामा कडा गर्न नसक्नु,नाका अन्तैबाट संक्रमित छिर्नु, क्वारेन्टाइन अस्तव्यस्त हुनु, संक्रमण बढेपछि नाका खोल्नुलगायतले नेपालमा संक्रमित बढिरहे ।
यसैगरी प्रभावकारी अनुगमन नगर्नु, सही योजना नबनाउनु, होम क्वारेन्टाइन र आइसोलेसनको निरीक्षण तथा अनुगमन शून्य हुनु, जनतालाई वैज्ञानिक तथ्य र प्रणाममा आधारित नभई बिश्वास र लहडमा आश्ववस्त पार्न खोज्नु, सामान्य कुरा माक्स र सामाजिक दुरी कायम गर्न समेत चेतना जगाउन नसक्नु जस्ता दर्जनौं कुरामा सरकार चुक्यो । केन्द्रिय सरकार यसमा चुकेको भएपनि स्थानीय सरकारको प्रयास र जनताको धैर्यतालाई चाहिँ मान्नै पर्छ ।
कहाँ चुक्यो सरकार ?
विज्ञको सुझाव अनुसार अगाडि नबड्नु
सिसिएमसी का बैठकमा, सञ्चारमा, प्रत्यक्ष भेटघाटमा, स्वास्थ्य मन्त्रालयमा नै विज्ञले जुन जुन सुझावहरु दिए त्यसको कार्यान्वयनमा सरकारले उतिसारो चासो देखाएन् । आफ्नै पाराले मिटिङ, बैठक र आन्तरिक कहलमा अल्झिरह्यो । र, विज्ञको सुझाव अनुसार काम नगर्नु सरकारको गम्भीर त्रुटि रह्यो ।
प्रभावकारी रणनीति तयार नसक्नु
सरकार ,स्वास्थ्य मन्त्रालय र ड्ब्लु एच ओ मिलेर कोरोना भाइरस नियन्त्रणको प्रभावकारी रणनीति तयार गर्ने र कार्यक्रमको कार्यान्वयन गराउनको लागि राज्यका संयन्त्रहरुको परिचालन गर्ने ब्यवस्था मिलाइयो तर प्रभावकारी हुन सकेन् । कोरोना संक्रमित देश खासगरी भारतबाट ठूलो संख्यामा आएका नेपाली नागरिकलाई ब्यवस्थित तरिकाले क्वारेन्टाइनमा राख्ने,पहिचान र परिक्षण गर्ने, संक्रमित भेटिए तत्कालै आइसोलेसनमा राखेर उपचार शुरु गर्ने तथा कन्ट्याक्ट् ट्रेसिङको काममा सरकारले नराम्री फेल खायो ।
तीन तहका सरकारबीच समन्वय नहुनु
चैत ११ देखि लकडाउन शुरु भएका कारण भारतीय सिमाबाट नेपाल भित्रीन चाहने नेपालीहरु अलपत्र परे । केन्द्रिय सरकारले निर्णय मात्र गर्यो । त्यसको प्रभावकारी व्यवस्थापन गर्न लागेन स्थानीय तहले एक्लै कोशिश गर्यो त्यो अपर्याप्त हुन गयो ।
वैज्ञानिक तथ्य, विधि र प्रक्रियातिर नलागि भावनामा बहकिनु
वैज्ञानिक विधि प्रक्रियाको आत्मसात गर्दै संसारभर यतिखेर भाइरस नसरोस् भन्नका लागि मास्क लगाइन्छ र भौतिक दूरी कायम गरिन्छ । तर हामीकहाँ भने भावनामा बहकिएर नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च भएको अप्रमाणित कुरा र बेसार महात्मे सुनाइन्छ । एक दुई महिनासम्मको लकडाउनको हाम्रो समय यसैको वरिपरि मजाक मजाक मै खेर गयो ।
आन्तरिक राजनीतिक उल्झनमा फस्नु
नेपकाको अत्यधिक बहुमतको सरकार प्रभावकारी रुपले सरकार सञ्चालन ,कोभिड १९ रोकथाम र नियन्त्रणमा लाग्नुपर्नेमा आन्तरिक राजनीतिक वाद विवाद र प्रतिवादमा फस्यो। जसले गर्दा जनताको बाँच्न पाउने र स्वास्थ्य उपचार पाउने अधिकारबाट बन्चित हुने कहालीलाग्दो यो अवस्था सिर्जना भयो ।
योजना बिना लकडाउन खुला र बन्द
सरकारले योजनाबिना नै लकडाउन खुला,बन्द र फेरि बन्द गर्छ। त्यो समयलाई रोगिको पहिचान परिक्षण र खोजीमा नलगाउनु र बन्दाबन्दिलाई रणनीतिक रुपले उपयोग नगर्नु गम्भीर त्रुटि भएको छ । योजना निर्माण र कार्यान्वयनमा ध्यान नपुर्याउनु लकडाउन गरेकै छ भनेर ढुक्क हुनु ठूलो कमजोरी बनेको छ ।