Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – वाल स्ट्रीटमा प्रविधि कम्पनीहरुको वर्चस्व रहेको शेयरमा गिरावट देखिएसँगै शुक्रबार एशियाली शेयर बजारमा पनि त्यसको प्रभाव परेको छ। यसदिन एशियाली शेयर बजारमा दुई साताकै खराब अवस्था देखिएको छ ।
शुक्रबार जापान बाहिरको एशिया–प्यासिफिक शेयरमा १.६ प्रतिशतको गिरावट देखिएको छ। यसैगरी, जापानको निक्केई सूचक १ प्रतिशतले घटेको छ।
त्यस्तै हङकङको हाङसेङ १.८ प्रतिशत र अस्ट्रेलियाको एएसएक्स २०० सूचक २.८ प्रतिशतले घटेको छ।

अमेरिकाको सबैभन्दा ठूला पाँच अमेरिकी कम्पनीहरुको शेयरमा गिरावट देखिएसँगै बिहीबार वाल स्ट्रीटको स्टक उल्टियो।

प्रविधि कम्पनीको वर्चस्व रहेको नास्डाक सूचकमा ५ प्रतिशतको गिरावट देखियो। यसैगरी एसएण्डपी ५०० सूचक ३.५ प्रतिशत र डउजोन्स करिब ३ प्रतिशतले घटेको छ।

जुन कम्पनी (एप्पल, अमेजन, अल्फाबेट, माइक्रोसफ्ट र फेसबुक) ले अमेरिकी शेयर बजारलाई उच्च रेकर्ड कायम गर्नका लागि सहायता प्रदान गरे ती कम्पनीहरुको शेयरमा नै ४ देखि ८ प्रतिशतसम्मको गिरावट देखियो।

यसैगरी, एप्पलमा ८ प्रतिशत, टेस्लामा ९ प्रतिशत र माइक्रोसफ्टमा ६ प्रतिशतको गिरावट देखियो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया