Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ । यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर सार्वजनिक नगरेको छ । जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ । त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ ।

हिमालयले नियमित उडान हुने काठमाडौँ-अबुधाबी र काठमाडौँ-क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ । उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन । ट्राभल एजेन्सीले उपयुक्त सेवा लागू गर्न सक्दछ ।

सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरु छोड्ंछिडं, क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ । पिसिआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डमा सरकारको निर्णय अनुरुप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड-१९को रोेकथामका लागि सामूहिक लडाइँमा कम्पनीले नागरिकको स्वदेश फिर्ता, कोभिड-१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको बताए ।

हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्घार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया