Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमले १७ भदौ देखि शुरू गरेको नियमित उडानको हवाइ भाडादर सार्वजनिक गरेको छ । निगमको हवाइ भाडा पनि महँगो भएको गुनासो बढेपछि सरकारले खुला गरेका उडान गन्तव्य अनुसारको भाडादर सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगमले नियमित उडानका लागि हवाइ भाडा निर्धारण गर्दा विभिन्न चारवटा वर्गमा वर्गीकरण गरेको छ । निगमले सोही बमोजिम विभिन्न क्षेत्रका लागि नियमित उडानको भाडदरको दायरा गन्तव्य अनुसार फरक भएको पनि उल्लेख गरेको छ ।

निगमले करसहित तय गरेको यस्तो भाडादरमा काठमाडौंलाई आधार बनाएर मलेसियाबाट आउँदा र युएईको दुबईबाट आउँदा चार प्रकारले भाडादर तय गरेको छ । हङकङ र जापानबाट आउँदा भने एउटा दरको मात्रै भाडा तय गरेको छ ।

यस्तो भाडामा क्वालालम्पुरबाट आउँदा मलेसियन रिंगिट अनुसार न्युनतम १४५८, १६२८, १८०३ र २००३ तय गरेको छ । यस्तै दुबइको लागि युएई दिराम अनुसार न्युनतम १४४० १७२०, १८२० र २१२० रहेको छ । यस्तै हङकङको लागि हङकङ डलर ४१९८ र जापानको लागि जापानी येन ७६३०० भाडा तय भएको वायुसेवा निगमले जानकारी दिएको छ ।

निगमले तय गरेको यस्तो हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएको पनि उल्लेख छ । निगमले निर्धारण गरेको भाडादर भन्दा बढी रकम तिरेर कसैले पनि टिकट खरीद नगर्न पनि यसले सम्बन्धित यात्रुलाई अनुरोध पनि गरेको छ ।

उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमको भनाइ छ ।

https://www.facebook.com/NepalAirlinesRA/photos/a.1034759803305729/3257953854319635/?type=3&theater

तपाईको प्रतिक्रिया