काठमाडौँ – अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार १३३ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ८८ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ८८ हजार ८६९ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजार ८५३ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ६२ लाख ५६ हजार ७९० पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म ३४ लाख ८४ हजार ४५८ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २५ लाख ८३ हजार ११८ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ८४४ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३३ हजार नाघेको छ । न्युयोर्कमा ३३ हजार ३८ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ६६ हजार ८ सय संक्रमित भएका छन् ।
त्यस्तै न्यूजर्सीमा १६ हजार ५३ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ९७ हजार ९४६ जना संक्रमित भएका छन् ।
त्यस्तै क्यालिफोर्नियामा १३ हजार १५९ को ज्यान गएको छ भने त्यस्तैगरि टेक्सासमा १३ हजार ४७ जनाको ज्यान गएको छ ।
त्यसैगरी फ्लोरिडामा ११ हजार ३७९ र मसाचुसेट्समा ९ हजार ६४ जनाको ज्यान गएको छ ।
त्यस्तै इलिनियोइसमा ८ हजार २७३, पेन्सिलभेनियामा ७ हजार ७८४, मिचिगनमा ६ हजार ७६७, जर्जियामा ५ हजार ७३३, एरिजोनामा ५ हजार ४४, लुसियानामा ४ हजार ९८४ जना, कनेक्टीकटमा ४ हजार ४६६, ओहियो ४ हजार १६५, मेरिल्याण्डमा ३ हजार ७६१, इन्डियानामा ३ हजार ३१२, नर्थ कारोलिनामा २ हजार ७७८, साउथ कारोलिनामा २ हजार ७५७ जना, भर्जिनियामा २ हजार ६१२, मिसिसिपीमा २ ४९३ र अलाबानामा २ हजार २ सयको मृत्यु भएको छ ।