काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८१९ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६५ हजार २८८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६९ हजार ९२१ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३६ लाख ९१ हजार १६७ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म २८ लाख ३९ हजार ८८३ जना ठिक भएका छन् । त्यस्तै ७ लाख ८५ हजार ९९६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ३३ लाख २४ हजार ८३४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख १६ हजार ९२० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।