Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

          नेपालमा अहिले पशुपक्षीका लागि प्रयोग गरिने खोप मात्र उत्पादन गरिन्छ

काठमाडौं – केही दिनअघि नेपालका लागि रुसका राजदूतले नेपाललाई ‘आफूहरूले उत्पादन गरेको खोप उत्पादनमा सहयोग गर्नसक्ने’ प्रस्ताव राखेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक अधिकारीले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोनाभाइरसविरुद्ध रुसमा विकसित खोप नेपालमा तेस्रो चरणको परीक्षण गर्ने प्रस्ताव राख्ने क्रममा रुसी राजदूतले उत्पादनमा पनि सहयोग गर्न सक्ने बताएको ती अधिकारीको भनाइ छ ।

तर खोपको उत्पादन प्रक्रियाबारे जानकार अधिकारीहरू र औषधि एवम् खोप उत्पादकहरूले चाहिँ ‘रुसले प्राविधिक सहयोग गरे पनि’ तत्कालै स्वदेशमै खोप उत्पादनको सम्भावना न्यून रहेको बताएका छन् । उनीहरूका भनाइमा ‘सरकारी वा निजी स्तरबाट’ अहिल्यै मानवमा प्रयोग गर्ने खोप उत्पादन गर्न सक्ने क्षमता नेपाल छैन ।

के हो रुसको प्रस्ताव ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार गत सोमवार रुसले विकास गरेको खोपको नेपालमा परीक्षण गर्नेबारे नेपालस्थित रुसी राजदूतसँग छलफल भएको थियो ।

राजदूतले उक्त खोपको नेपालमा १,००० जनामा तेस्रो चरणको परीक्षण गर्न प्रस्ताव गरेका थिए । त्यस क्रममा उनले रुसले नेपालले चाहेमा “खोप उत्पादनमा पनि सहयोग गर्ने” प्रस्ताव गरेको ज्ञवालीले बताए ।

उनले भने, ‘रुसीहरूले उत्पादनसम्म गरिदिन सकिन्छ भनेका छन् । तर हाम्रो कुराकानी प्रारम्भिक चरणमा रहेको छ । अहिलेसम्म नेपालमा त्यस्ता खोपको उत्पादन भएको छैन । कसैले उत्पादन गर्न चाहेमा अब त्यसलाई अघि बढाउन सकिन्छ ।’

तर अहिलेसम्म कोभिड-१९ विरुद्ध कुनै पनि खोपको परीक्षण गर्ने औपचारिक प्रस्ताव परिषद्अन्तर्गत रहेको एथिकल रिभ्यू बोर्डमा नआएको त्यसका अध्यक्ष प्रा. डा. प्रकाश घिमिरेले बताए । उक्त बोर्डले अनुमति दिएपछि मात्र परीक्षण गर्न पाइन्छ ।

नेपालमा कोरोभाइरसविरुद्ध खोप बन्ने सम्भावना कति छ ?
अधिकारीहरू र उत्पादकहरू नेपालमा तत्कालै मानवमा प्रयोग हुने खोप उत्पादनको सम्भावना न्यून भएको बताउँछन् । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध खोपबारे जानकार प्रा. घिमिरे नेपालमा खोप उत्पादन गर्न औद्योगिक पूर्वाधार नै नभएको र त्यो तत्काल बनाउन नसकिने औँल्याउँछन् ।

‘रुसले राखेको प्रस्ताव सैद्धान्तिक रूपमा राम्रो हो । तर कोभिड-१९ विरुद्ध खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न पाँच वर्षजति लाग्छ र त्यसका लागि १०-३० अर्ब डलर लगानी चाहिन्छ,’ उनले भने । ‘यदि (रुसी प्रस्तावअनुसार) खोप बनाउने हो भने सरकारले आफैँ गर्ने हो कि स्थानीय उद्योगीलाई सहभागी गराउने हो त्यो निर्णय गर्नुपर्छ ।’

तर त्यो दीर्घकालीन योजना मात्र हुनसक्ने उनको धारणा छ । प्रा. घिमिरेसँग हेस्टर बायोसाइन्सेज नेपाल प्रालिका सञ्चालक उद्योगी शेखर गोल्छा पनि सहमत छन् । उनी तत्कालै नेपालमा मानवमा प्रयोग हुने खोप उत्पादनको सम्भावना नरहेको बताउँछन् ।

उनले भने, ‘हामीसँग मानव खोप निर्माणका लागि न विशेषज्ञता छ न क्षमता । अहिलेकै ‘प्लान्ट’लाई मानव खोप विकासमा लान सम्भावन छैन । तर हामीले यो कुरा आएपछि (नेपाल खोप विकासमा रुसले सहयोग गर्ने) हाम्रा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न भनेका छौँ । किनकि हाम्रो भारतीय साझेदारले यसबारे काम गरिहरको छ ।’

कस्तो परिस्थतिमा नेपालमा खोप बन्न सक्ला ?
सरकारले सहयोग गरे मानवमा प्रयोग गरिने खोप उत्पादन गर्न सकिने एसोशिएसन अफ फार्मसूटिकल प्रोडक्टस अफ नेपाल (एप्पोन) का अध्यक्ष नारायण क्षेत्रीको छ ।

उनले भने, ‘कम्पनीहरू छन्, यदि प्रविधि ल्याइदियो र सहयोग पाइयो भने उनीहरूले उत्पादन गर्न सक्छन् भन्ने लाग्छ मलाई ।’ उनका अनुसार अहिले पनि तीनवटा उद्योगले सुईबाट दिइने औषधिहरू बनाइरहेका छन् । त्यस्तै औषधि उत्पादन गरिरहेको एउटा उद्योग लोमस फर्मासूटिकल्सका कार्यकारी निर्देशक प्रज्वलजङ्ग पाण्डे “तत्कालै उत्पादन गर्ने अवस्था नरहेको” बताउँछन् ।

अर्को औषधि उद्योग देउराली जनता फार्मसूटीकल्सका सञ्चालक हरिभक्त शर्माका भनाइमा नेपालमा केही गरी खोप उत्पादन भइहाले पनि त्यसले बजार नपाउने भएकाले उत्पादनमा लगानी गर्न कोही पनि उत्साहित छैनन् । उनी खोपका लागि ठूलो लगानी चाहिने भएकाले त्यसको उत्पादन सहज छैन । –बीबीसी

तपाईको प्रतिक्रिया