Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

पोखरा – कोभिड-१९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होटल ‘पे आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेशन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए । यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे आइसोलेशनको रुपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए । उनले भने, “कोभड-१९ को जोखिम बढिरहेको छ ।

महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० शैय्याको आइसोलेशन तयार गरेको छ । यो मात्र पर्याप्त हुँदैन यसैले पे आइसोलेशनका लागि होटलहरुलाई आह्वान गरेका हौ ।” उनले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा उनीहरुले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छफफल भइरहेको जानकारी दिनुभयो । यसअघि महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ सञ्चालन गरिएको थियो । ती क्वारेन्टिनबाट करिब चारसय जनाले सुविधा लिएको बताइएको छ ।

‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ । महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ ।

महानगरको सूचनाको आधारमा आइसोलेशन सेन्टरको रुपमा होटल सञ्चालनको लागि इच्छुक देखिएको पोख– १४ चाउथे स्थित होटल रोयल पामका व्यवस्थापक राज श्रेष्ठले बताए । उनले भने, “ गतचैत पहिलो साताबाट होटल बन्द छ, कोरोनाको जोखिम बढिरहेको छ । यो अहिलेको कठिन अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड पूरा गरेर होटल आइसोलेशनका सेन्टरको रुपमा दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हाम्रो पनि दायित्व हो ।” होटलमा ३० कोठामा ६० शैय्या रहेको र ३५ कर्मचारी कार्यरत रहेका छन् । आइसोलेशनको रुपमा दिने सेवा सुबिधा र शुल्कको बारेमा महानगरसँग समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिए ।

पोखरा–१७ ड्यामसाइड स्थित होटल स्टेमा सञ्चालक लिलाबल्लभ पोखरेलले २३ कोठालाई आइशोलेशनको रुपमा दिन तयार भएको बताए । “कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ, सुरक्षा बिधि अपनाएर अब जनजीवनलाई सामान्य बनाउनु पर्छ, सङ्क्रमित प्रति सकारात्मक दृष्टिकोणको सन्देश दिन पनि होटललाई आइसोलेशन सेन्टरको रुपमा दिन तयार भएको हुँ ।” उनले भने ।

उनले सबैले आ–आफ्नो क्षेत्रबाट उत्तरदायित्व बहन गर्दै जान सकिएमा महामारी जित्न सकिने र स्थिति सामान्य हुँदै जाने विश्वास व्यक्त गरे । पोखरा –६ स्थित होटल कुटीका सञ्चालक देवेन्द्र केसीले अहिले क्वारेन्टिनको रुपमा होटल सञ्चालन भएको र आवश्यक परे आउने दिनमा आइसोलेशनको लागि होटल दिएर राज्यलाई सहयोग गर्न तयार रहेको जानकारी दिए ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरा महानगरपालिकाको आइसोलेशनका लागि आह्वान गरेपनि यहाँका अधिकांश होटल बन्द हुनुका साथै पर्याप्त पार्किङ्ग लगायतका मापदण्ड भित्र नपरेकाले आवेदन नदिएको बताए । उनले पोखरामा सात सय होटल रहेको र हाल क्वारेन्टिनमा सूचिकृत भएका २४ मध्ये ८ होटल मात्र सञ्चालनमा आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया