काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०५९ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५९ हजार ४४९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६७ हजार १५१ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३२ लाख ३४ हजार ४७५ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म २४ लाख ६७ हजार ७५९ जना ठिक भएका छन् । त्यस्तै ७ लाख ७ हजार २६७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ७६ लाख ५१ हजार ५१२ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख २३ हजार ९९२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।