शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पुरै विश्व रुमल्लिएको अवस्था छ । मानिसमा कोरोना संक्रमणको डर अत्यधिक रहेको छ । यसैबीच, जापानमा एक समूहले मानिसलाई काेराेना संक्रमणको डरबाट मुक्त गराउनका लागि अनौठो तरिकातर्फ ध्यान आकर्षण गर्दैछ ।

स्केयर स्क्वाडको समूहले मानिसलाई कोरोनाको डरबाट मुक्त गराउनका लागि उनीहरुलाई कफिनमा राखेर मृत्युको आभास गराउन सुरु गरेका छन् ।

यसक्रममा पहिला व्यक्तिलाई कफिनमा राखेर उसको आसपासमा धारिलो हतियार लिएको अर्को व्यक्तिले पहरा दिन्छ ।

करिब १५ मिनेटसम्म व्यक्तिलाइृल कफिनमा राखेर डरलाग्दो कहानीहरु सुनाउँदै डराउने गरिन्छ । जसबाट कफिनमा रहेको व्यक्ति डरले चिच्याउन सकोस् । यसक्रममा कफिनमा रहेको व्यक्तिलाई बाहिरबाट नक्कली हातले घोच्ने पनि गरिन्छ ।

कफिनमा रहेको व्यक्तिमाथि पानीको फोहरा हान्ने, ढक्ढकाउने पनि गरिन्छ । जापानको कोवागारासेटाई कम्पनीले मानिसमा कोरोनाको डर हटाउनका लागि यस्तो कार्यक्रम सुरु गरेको बताएको छ ।

स्केयर स्क्वाडको यो विशेष कार्यक्रममा मानिसलाई तनावबाट राहत दिनु मुख्य उद्देश्य रहेको बताइएको छ । यस्तो थेरापीबाट मानिसले आराम मिलेको प्रतिक्रिया पनि दिएका छन् । यस्तो थेरापी कार्यक्रमको लागि उक्त कम्पनीले ८ लाख डलर खर्च गरेको छ ।

https://www.youtube.com/watch?time_continue=1&v=yF6n1ht6z9U&feature=emb_logo

 

तपाईको प्रतिक्रिया