टोकियो – कोरोना भाइरसको महामारी अहिले विश्वभर नै फैलिइसकेकाे छ । याे महामारीकाे अहिलेसम्म औषधि पत्ता लाग्न सकेकाे छैन । यसको रोकथाम र नियन्त्रणका लागि अनेकन प्रयास भइरहेका छन् । तर, प्रभावकारी रूपमा सफल हुन सकेको छैन ।
कतिपय देशमा कोरोना भाइरसबाट मुक्त भएकाको प्लाज्मा अर्को कोरोना संक्रमितलाई प्रयोग पनि गरिएको छ ।
जापानमा भने प्लाज्मा थेरापी कोरोना संक्रमितमा प्रगोय गर्न हुने नहुने बारे परिक्षणको क्रममा नै रहेको छ ।
जापानको नेशनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिन जस्ता समूहहरुले प्लाज्मा थेरापीको क्लिनिकल ट्रायलका गरिरहेका छन् ।
हालसम्म करिब ४० जना व्यक्तिबाट रगत दान पाएको र प्रशासनले प्लाज्मा थेरापीको प्रभावकारिता बारे सुरक्षित जाँच गर्ने योजना भएको जनाएको छ ।
क्लिनिकल अनुसन्धानको इन चार्ज केन्जी केन्नाका अनुसार यो उपचार मध्यम वा उच्च लक्षण देखिएका बिरामीहरूमा प्रयोग गरिने छ।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने प्लाज्मा थेरापीले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास गरिएको छ ।
तर कतिपय विशेषज्ञ चिकित्सकहरू कोरोनाभाइस संक्रमित जोकोहीको हकमा पनि प्लाज्मा थेरापी प्रभावकारी सिद्ध भइसकेको भन्ने निष्कर्ष निकाल्न अहिले हतार हुने बताउँछन् ।