Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

नयाँदिल्ली – भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरसविरुद्धको खोप आउने खबरको खण्डन गरेको छ ।

इन्स्टिच्युटले सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोना विरुद्धको खोप आउने भनिएको खबर झुटो भएको जनाएको हो । उसले सरकारले आफ्नो कम्पनीलाई कोरोना विरुद्धको खोप बनाउन अनुमति दिएको तर अहिलेसम्म बनिनसकेको स्पष्ट पारेको छ ।

कोरोनाविरुद्धको खोप नमुना परीक्षणमा सफल भएपछि र आधिकारिक रुपमा पुष्टि भएपछि मात्रै बजारमा जाने इन्स्टिच्युटले प्रष्ट पारेको छ । भारतमा अहिलेसम्म ३१ लाख ५ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ५७ हजारभन्दा धेरैको ज्यान गएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया