Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा मात्रै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । भदौ ६ गतेसम्मको तथ्यांक अनुसार ८ कोरोना संक्रमितको मृत्यु भएको हो ।

काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्र छ । बानेश्वर क्षेत्रमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक वडा नम्बर २७ महावौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेनस्थानमा १ जनाको मृत्यु भएको महानगरले जनाएको छ । काठमाडौंमा महानगरभित्र मात्रै ६ भदौसम्म कोरोना संक्रमितको संख्या १६०६ छ पुगेको छ ।

तपाईको प्रतिक्रिया