Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – भारतमा एकैदिन शनिबार ५९ हजार १०१ कोरोनाभाइरस संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । भारतमा एकैदिन संक्रमणमुक्त भएको यो अहिलेसम्मकै ठूलो संख्या हो ।

भारतमा कुल ३० लाख ४३ हजार जनालाई कोरोना संक्रमण भइसकेको छ । तीमध्ये २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भइसकेका छन्। अब त्यहाँ सक्रिय संक्रमित सात लाख ६ हजार छन् । हिजो एकैदिन ७० हजार नयाँ संक्रमित थपिएका छन् ।

यो पनि एकैदिन भेटिएको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो । यसअघि १९ अगष्टमा एकै दिन ६९ हजार १९६ संक्रमित फेला परेका थिए । भारतमा हिजै ९१८ संक्रमितको मृत्यु भयो । त्यहाँ अहिलेसम्म ५६ हजार ८४६ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच भारतका स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले कोरोनाको एउटा खोपको तेस्रो चरणको परीक्षण चलिरहेको बताएका छन्। उनले यो वर्षको अन्त्यसम्ममा भारतले खोप बनाइसक्ने विश्वास व्यक्त गरेका छन् । उनले भारतमा संक्रमणदर बढिरहे पनि मृत्युदर कम रहेको दाबी गरेका छन् । त्यहाँ मृत्युदर १.८७ प्रतिशत र संक्रमणमुक्त हुने दर ७५ प्रतिशत छ ।

अमेरिका र ब्राजिलपछि भारतमा सबैभन्दा धेरै संक्रमित छन् । तर, अमेरिका र ब्राजिलपछि मेक्सिकोमा बढी मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया