Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको छ ।

संक्रमितको संख्या वृद्धि हुनुका साथै मृतकको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ । कोरोनाका कारण हरेक १५ सेकेण्डमा एकको मृत्यु हुने गरेको पाइएको छ । रोयटर्सका अनुसार हरेक २४ घण्टामा कोभिड-१९ का कारण ५ हजार ९ सय व्यक्तिको ज्यान गएको छ ।

शुक्रबारसम्म लिइएको पछिल्लो दुई हप्ताको आँकडाको आधारमा यो नतिजा निकालिएको हो । यो हिसाबले हेर्ने हो भने एक घण्टामा २ सय ४६ र हरेक १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । डब्ल्यूएचओले अर्को वर्षको सुरुवातमा मात्रै भ्याक्सिन उपलब्ध हुने सम्भावना व्यक्त गरिरहँदा यो आँकडाले धेरैलाई त्रसित बनाउने निश्चित छ ।

तपाईको प्रतिक्रिया