Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – महीनाअघि सुर्खेतका १३ वर्षीय बालकले फरक व्यवहार देखाउन थालेपछि आमाबाबु आजित भए । कोरोनाबाट बच्न साबुनपानीले मिचीमिची हात धुनुपर्छ भन्ने जानकारी उपलब्धिमूलक सावित भइरहेको बेला उनी मध्यरातमा निद्राबाट ब्युँझने र साबुनपानीले हात धुन जाने गर्न थाले ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यति मात्र नभइ कामविशेषले घरबाहिर निस्कँदा बावुआमासँग रिसाउने, झर्किने गर्थे । कोरोना संक्रमणबाट मरिन्छ भन्ने डरले दैनिकजसो रुन थाले । त्यसपछि मनोपरामर्शदाताको सल्लाह अनुसार उनलाई औषधिउपचार नै गर्नुपरेको मनोविद् करुणा कुँवर बताउँछिन् ।

कोरोना संक्रमितको संख्या बढिरहँदा बालबालिका दोहोरो जोखिममा छन् । एकातिर महामारीबाट बचाउनुपर्ने र अर्कोतिर उनीहरुको मानसिक स्वास्थ्यप्रति सचेत राख्नुपर्ने अवस्था छ। महामारीमा सुरक्षित हुन भन्दै बालबालिकालाई अत्यधिक र अनावश्यक सूचना दिनु, तर्साएर अनुशासित बनाउन खोज्नु प्रत्युत्पादक हुनसक्ने मनोविद् कुँवर बताउँछिन् ।

बन्दाबन्दीअघिका स्वस्थ बालबालिकामा पनि घरभित्रै थुनिँदा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । काठमाडौंको गौशालाका १४ वर्षीय निराजन पाल (परिवर्तित नाम) मोबाइल हेर्दाहेर्दै बर्बराउन, रुन र हाँस्न थाले । मोबाइल लिएर बेसुरमै घरबाट बाहिर हिँड्न थालेपछि आमाबाबु झसङ्ग भए ।

कोरोनाभाइरस संक्रमणको जोखिमका कारण बन्दाबन्दीका तीन महीनासम्म घरभित्रै बस्दा मोबाइलमा निराजनको लत बसेको थियो । उनले मोबाइलमा नै भर्चुअल साथी बनाएका थिए । उनीहरुसँगै कुराकानी गर्थे ।

घरभित्रै सुरक्षित र अनुशासित बनेको छोरा देखेर आमाबाबु ढुक्क थिए । तर, अस्वाभाविक क्रियाकलाप देखेपछि चिन्ता थपियो । शुरुमा त छोरामा आएको मानसिक विचलनलाई नजरअन्दाज गर्दै स्वाङ पारेको आशंका गरे । आमाले गाली गर्ने, सम्झाउने गरिन् । केही सीप नलागेपछि छोरालाई लिएर मनोचिकित्सकसँग परामर्श लिन गए ।

कोरोना संक्रमणको डरले घरभित्रै सीमित हुनुपर्दा अधिकांश बालबालिकामा छटपटी हुने, दिक्क लाग्ने, चिन्तित हुने, चिडचिडिने, निद्रा नलाग्ने, खान मन नगर्ने, डिजिटल माध्यममा लिप्त हुने लगायत समस्या हुन थालेको मनोविद्हरुको भनाइ छ ।

बालबालिका स्वभावैले जिज्ञासु र चञ्चल हुन्छन् । तर, कोरोना संक्रमणको डरले घरभित्रै सीमित हुनुपर्दा अधिकांशको स्वभाव परिवर्तन हुन थालेको छ । छटपटी हुने, दिक्क लाग्ने, चिन्तित हुने, चिडचिडिने, निद्रा नलाग्ने, खान मन नगर्ने, डिजिटल माध्यममा लिप्त हुने लगायत समस्या हुन थालेको मनोविद्हरुको भनाइ छ ।

महामारीअघि नै मानसिक स्वास्थ्यसँग संघर्ष गरिरहेका बच्चा अहिले झन् बढी जोखिममा रहेको मनोचिकित्सक डा. सरोज वझा बताउँछन् । उनीहरुलाई डर देखाउने कुरा नगर्ने र बालबालिकालाई पर्याप्त समय दिनुपर्ने उनी बताउँछन् ।

गुणस्तरीय अभिभावकत्वको जरुरी
कोरोनाको डरले घरभित्रै बसिरहेका १० वर्षीय छोरालाई बिहानबेलुका स्वच्छ वातावरणमा टहलाउन काठमाडौंको थानकोटकी माया चौधरीले निकै प्रयास गरिन् । तर, असफल भइन् । उनी भन्छिन्, ‘घरबाट पाइला बाहिर राख्ने बित्तिकै कोरोना लागिहाल्छ, मरिहालिन्छ जस्तो गर्छ ।’

बालबालिकालाई कोरोनाभन्दा कोरोनाको डरले हुने स्वास्थ्य समस्या भयावह भइरहेको डा. वझा बताउँछन् । बालबालिकाको मानसिक स्वास्थ्य तथा मनोसामाजिक विकासमा उनीहरुसँग निकट अभिभावक नै बढी जिम्मेवार हुने उनको भनाइ छ । “बालबालिकामा देखा पर्ने यस्ता समस्या अभिभावकका लागि थप चिन्ताको विषय हुने गर्छ । अझ एक्लो सन्तानमा धेरै मनोसामाजिक असर पर्न सक्ने हुँदा अभिभावक बढी जिम्मेवार हुनुपर्छ”, उनी भन्छन् ।

बन्दाबन्दीको शुरुआतमा छुट्टी भएजस्तो भए पनि समयावधि थपिँदै जाँदा बालबालिकामा बेचैनी हुन थालेको काठमाडौं सामाखुसी निवासी अभिभावक निशा मानन्धर बताउँछिन् । उनी भन्छिन्, ‘बच्चाहरुलाई साथीभाइसँग घुलमिल गराउन विद्यालय पनि सुचारु भएका छैनन् । बच्चाहरुको शारीरिक र सामाजिक विकास त झन् ठप्प नै भएको छ ।’
बन्दाबन्दीको घेराबन्दीबाट मानसिक स्वास्थ्यमा विचलन आउन नदिन उनीहरुलाई रचनात्मक, सिर्जनात्मक र अन्तरक्रियात्मक क्रियाकलापमा सहभागी गराउनुपर्ने मनोविद्हरुको सुझाव छ ।

खाना पकाउने, लुगा धुने, घरायसी कामकाज सिकाउने, चित्र बनाउने जस्ता मनोरञ्जनात्मक एवम् व्यावहारिक क्रियाकलापमा बालबालिकालाई संलग्न गराउन सके उनीहरुको मनोसामाजिक साथसाथै व्यक्तित्व विकास हुने मनोविद् कुँवर बताउँछिन् । बच्चासँग बच्चा नै भएर गफ गरिदिएर पनि उनीहरुसँग अभिभावकले गुणस्तरीय समय बिताउन सक्ने उनको सुझाव छ ।

दीर्घकालीन असरको जोखिम
बालबालिकालाई कोरोना संक्रमणको मात्रै नभएर आफ्ना निकट अभिभावक गुमाउने भय पनि हुन्छ । यस्तो बालमनोविज्ञानले पनि उनीहरुमा मनोसामाजिक समस्या देखापर्ने संभावना हुन्छ ।

तीव्र शारीरिक तथा मानसिक विकास हुने बाल्यावस्थामा कोरोनाको भयलाई हटाउन नसके उनीहरुमा दीर्घकालीन असर पुग्ने विषयमा विश्वव्यापी नै बहस भइरहेको छ । बालबालिकालाई कोरोनाले पार्न सक्ने दीर्घकालीन असरबारे युनिसेफले आफ्नो वेबसाइटमा लेखेको छ, ‘यो एक विश्वव्यापी संकट हो, तर केही बच्चाहरुका लागि यसको प्रभाव आजीवन हुनेछ ।’

बालबालिकालाई कोरोनाको मानसिक भयबाट जोगाउन समयमै रचनात्मक, सिर्जनात्मक र व्यावहारिक क्रियाकलापमा लगाउनुपर्ने विज्ञहरुको सुझाव छ । तर, नेपालमा कोरोनाले बालबालिकामा पारिरहेको असर बारे कुनै अध्ययन अनुसन्धान भएको छैन ।

विश्वव्यापी रुपमा बालबालिकामा कोरोना संक्रमण अन्य उमेर समूहको तुलनामा कमै देखिएको छ । यद्यपि उनीहरुमा व्याप्त डरको मनोविज्ञानलाई सही मापन, मूल्याङ्कन तथा सम्बोधन गर्न नसक्दा दीर्घकालीन असर नदेखिएला भन्न सकिन्न ।

बालबालिकामा मौलाएको डरको मनोविज्ञानलाई सम्बोधन गर्न सरकार चुकिरहेको चिकित्सा मानवशास्त्री सचिन घिमिरे बताउँछन् । उनी भन्छन्, ‘नीतिगत रुपमा बालबालिकाको मानसिक स्वास्थ्यलाई मापन गर्न सरकारले अनुसन्धान थाल्नु जरुरी छ । अन्यथा उनीहरुमा परेको जोखिम र संकटको मापन गर्न सकिने छैन । बालबालिका जस्ता जोखिमयुक्त समूहलाई समतामूलक ढङ्गबाट राज्यले सम्बोधन गर्नुपर्दछ ।’

विश्वव्यापी रुपमा बालबालिकामा कोरोना संक्रमण अन्य उमेर समूहको तुलनामा कमै देखिएको छ । यद्यपि उनीहरुमा व्याप्त डरको मनोविज्ञानलाई सही मापन, मूल्याङ्कन तथा सम्बोधन गर्न नसक्दा दीर्घकालीन असर नदेखिएला भन्न सकिन्न ।

यसका लागि स्थानीय निकायहरुले स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीका कर्मचारीलाई परिचालन गरी वडावडामा गएर मानसिक स्वास्थ्यका लागि अभिमुखीकरण गर्न सक्ने घिमिरे बताउँछन् । उनी भन्छन्, ‘बालबालिकाको मनोसामाजिक तथा मानसिक स्वास्थ्यका लागि अभिभावक, शिक्षक, मनोचिकित्सक, सामाजिक कार्यकर्ता, सञ्चारमाध्यम लगायत सरकारी संयन्त्रहरु उत्तिकै जिम्मेवार हुनुपर्छ ।’ –हिमालखबरबाट

तपाईको प्रतिक्रिया