Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – चीनमा किराबाट बनाइएको कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायलको अनुमति दिइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको चंगडूको स्थानीय प्रशासनले यो भ्याक्सिनलाई मानवीय ट्रायलको अनुमति दिएको हो ।

चीन कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको दौडमा सस्तो भ्याक्सिन बनाउने अभियानमा रहेको छ । चंगडूको स्थानीय प्रशासनले जानकारी सार्बजनिक गर्दै कोरोनाको यो भ्याक्सिन किराहरुको कोशीकाको प्रयोग गरेर प्रोटिन बनाइएको छ, जसले शरीरमा एन्टीबडी निर्माण गर्ने दाबि गरिएको छ । चीनमा बनाइएको यो पहिलो भ्याक्सिन भएको रिपोर्टमा उल्लेख छ ।

चंगडूको सिचुआन युनिभर्सिटीको वेस्ट चीन अस्पतालमा तयार गरिएको यो भ्याक्सिनलाई नेशनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनबाट मानवीय क्लिनिकल ट्रायलको अनुमति दिइएको छ । यस अघि यो भ्याक्सिन बादरमा प्रयोग गरिएको र यसको कारणले कोरोना संक्रमण हुनबाट बचेको पाइएको छ ।

चीनमा अहिले कम्तिमा आठ किसिमका कोरोनाविरुद्धको भ्याक्सिनको विभिन्न चरणमा ट्रायल भइरहेको छ । केहि भ्याक्सिनको चीन बाहिरका जर्मनी र अमेरिकन कम्पनिहरुले समेत स्थानीय स्तरमा ट्रायलका लागि सहयोग गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया