काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६३४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । संक्रमितमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४६ जनाको मृत्यु भएको छ ।