Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – कोरोनाभाइरसबाट जीवन बचाउने औषधि रेम्डेसिभिर नेपाल आउन थालेको छ । ३ भारतीय कम्पनीले यो औषधि नेपाल आपूर्ति गर्न सुरु गरेका हुन् ।

रेम्डेसिभिर एक प्रकारको एन्टिभाइरस औषधि हो जसलाई कोरोनाभाइरस संक्रमितहरुको हकमा जीवनरक्षक मानिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भारतीय कम्पनीबाट औषधि आपूर्ति सुरु भएको पुष्टि गरेका हुन् ।

ढकालका अनुसार माइलेन, सिप्ला र हेटेरो ड्रग्स गरी तीन कम्पनहिरुले रेम्डेसिभिर औषधि आपूर्ति सुरु गरेका हुन् । ढकालका अनुसार औषधि व्यवस्था विभागले पनि नेपालमा यी तीन कम्पनीको एन्टिभाइरल औषधिको मात्रै प्रयोगको अनुमति दिनेछ ।

मागअनुसार माइलेनले ५७० सीसी औषधी आपूर्ति गरेको ढकालले बताए । भारतीय कम्पनीसँग सम्पर्क गर्न सजिलो भएको र उनीहरुको औषधि पनि सस्तो भएकोले ती कम्पनीको औषधि प्रयोग गर्न अनुमति दिइएको ढकालले बताए ।

नेपालमा रेम्डेसिभिरको एक सीसीको मूल्य ७ हजार ८ सय रुपैयाँ पर्छ । कोरोनाभाइरसको उपचारमा रेम्डेसिभिर निकै उपयोगी देखिएको छ । आइसीयूमा रहेका बिरामीहरुका लागि पनि यो औषधि प्रभावकारी देखिएको छ ।

अहिलेसम्म नेपालमा यो औषधि नेपालमा उपलब्ध थिएन । नेपाल मेडिकल काउन्सिलले पनि रेम्डेसिभिरलाई कोरोनाभाइरसको उपचारको लागि प्राथमिक औषधिको रुपमा सूतिकृत गरेको छ ।

तपाईको प्रतिक्रिया