Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – सरकारले कोरोनाभारइसको पिसिआर परीक्षणको लागि ३ अर्ब बढी खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ । सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ । अहिलेसम्म गरिएको परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

योअनुसार एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको प्रवक्ता गौतमले बताए । उनले सरकारले लाखौं खर्च गरेर कोरोना रोकथाम तथा नियन्त्रण गरिरहेको बेला नागरिक पनि सचेत बन्न आवश्यक रहेकोमा जोड् दिए ।

तपाईको प्रतिक्रिया