Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मेक्सिकोमा ६२५ जनाको कोरोनाबाट ज्यान गएको छ ।

योसँगै मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ हजार १०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मेक्सिकोमा ६ हजार ७७५ जना संक्रमित भएका छन् । योसँगै मेक्सिकोमा कोरोनाबाट संक्रमितको संख्या ५ लाख ४३ हजार ८०६ पुगेको छ ।

मेक्सिकोमा अहिलेसम्म ३ लाख ७१ हजार ६३८ जना ठिक भएका छन् भने अहिले एक लाख १३ हजार ६२ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै मेक्सिकोमा अहिले ३ हजार ५०३ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया