Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९८३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५४ हजार ८५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६८ हजार ८९८ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ लाख नाघेको छ । भारतमा कुल संक्रमित २९ लाख ५ हजार ८२४ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २१ लाख ५८ हजार ९४७ जना ठिक भएका छन् भने ६ लाख ९२ हजार २८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ३४ लाख ६७ हजार २३७ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख ५ हजार ९८५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया