Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – अहिले सारा विश्व कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोपको प्रतिक्षामा छ । कोरोनाले विश्वलाई आक्रान्त बनाइरहेका बेला यसविरुद्धको खोप विकास गर्ने होडमा शक्तिराष्ट्रहरु जुटिरहेका छन् ।

रुसले चाँडै नै कोरोनाको खोप बजारमा ल्याउने बताइरहेको छ । यस्तै अमेरिकालगायतका अन्य देशले पनि कोरोनाको खोप विकासका लागि ठूलो धनराशी खर्चेर काम गरिरहेका छन् ।

हाम्रो छिमेकी देश भारत पनि कोरोना भाइरसविरुद्धको खोप विकासका लागि लागिपरिरहेको छ । उसले विभिन्न चरणका परीक्षणहरु समेत गरिरहेको छ । खोप विकाससँग विश्वमा खोप कुटनीति समेत शुरु भएको छ ।

भारतले कोभिड भ्याक्सिन बनाउने स्वीकृति पाएर ठूलो परिमाणमा उत्पादन शुरु गरे लगत्तै बंगलादेशलाई प्राथमिकताका साथ उपलब्ध गराउने बताएको छ ।

‘हाम्रा लागि बंगलादेश सधैं प्राथमिकताको देश हो,’ भारतीय विदेश सचिव हर्ष शृंग्लले भनेका छन् । टाइम्स अफ इण्डियाका अनुसार बंगलादेश भ्रमणमा रहेका उनले ढाकामा पत्रकारहरुसँग सो धारणा व्यक्त गरेका हुन् ।

कोरोना महामारीका बीच उनले पहिलो विदेश भ्रमणका लागि पनि बंगलादेश नै रोजेका हुन् । चीनले आफ्नो भ्याक्सिनलाई मानवमा गरिने परीक्षण बंगलादेशी नागरिकमा गर्न खोजेकोमा बंगलादेशलाई सो प्रस्ताव अस्वीकार गर्न मनाइएको थियो ।

चिनियाँ फार्मास्युटिकल कम्पनी साइनोफार्मले यो वर्षको अन्तिमसम्म आफ्नो भ्याक्सिन तयार गर्ने घोषणा गरेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया