Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – कोभिड-१९ (कोरोना भाइरस) को उद्गम देश चीनले चाँडै नै कोरोनाविरुद्धको खोप ल्याउने जनाएको छ ।

चीनमा बनिरहेको दुई कोरोनाविरुद्धको खोप आगामी डिसेम्बर (चार महिनापछि) मा उपलब्ध हुने सिनोफार्मले दावी गरेको छ । सरकारी औषधि निर्माता कम्पनी चाइना नेशनल फर्मासिउटिकल ग्रुप ‘सिनोफार्म’ ले यतिबेला दुईटा कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ ।

हाल यी खोपहरु परीक्षणकालमा छन् । यी खोपहरु अन्य देशमा बनेका खोपभन्दा केही महँगो हुने सिनोफार्मले जनाएको छ । ग्वाङमिङ डेलीलाई उदृतगर्दै साउथ चाइना मर्निङ पोस्टले दिएको जानकारीअनुसार डिसेम्बरमा उपलब्ध हुने चीनको खोपको मूल्य एक हजार युआन ‘१४५’ अमेरिकी डलर (१७ हजार ४ सय रुपैयाँ) हुने जनाइएको छ ।

हाल अमेरिकी कम्पनीहरुले पनि कोरोनाविरुद्धका खोपहरु बनाइरहेका छन् । तर अमेरिकी कम्पनीले चीनमा बनेको खोपको मूल्यभन्दा कम मूल्यमा खोप उपलब्ध गराउने जनाएका छन् । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले एक डोजको दश डलर लिने जनाएको छ । यस्तै अमेरिकी कम्पनी पिफिजरले २० डलरमा एक खोप दिने बताएको छ ।

अर्को अमेरिकी कम्पनी मोडेर्नाले ३२ देखि ३७ डलरसम्मका एक डोज उपलब्ध गराउने बताएको छ । यी कम्पनीहरुले अमेरिकी सरकारसँग लाखौं डोज उपलब्ध गराउने सहमति जनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया