Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप ७०७ जना संक्रमित थपिएसंग़ै कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको बताएका छन ।

मन्त्रालयका अनुसार बिहिबारसम्म पीसीआर विधिबाट ५ लाख ६६ हजार १५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ६२७ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २६४ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको छ ।

नेपालमा कोरोनाबाट थप ६ जनाको निधन
नेपालमा कोरोनाबाट थप ६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

बिहीबार आयोजित कोरोना बारेको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

तपाईको प्रतिक्रिया