Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा थप दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप दुई सय जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १७४, ललितपुरका १८ र भक्तपुरमा ८ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ।

संक्रमितमध्ये १७ हजार ९६४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै २५९ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया