Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – एक अध्ययनमा सामाजिक संजाल फेसबुक स्वास्थ्यको लागि हानिकारक भएको दाबि गरिएको छ । फेसबुकमा अछिल्लो एक बर्षमा स्वास्थ्य बारेको गलत जानकारी ३ अरब ८० लाख पटक हेरिएको र कोरोना महामारीका क्रममा यो झन् बढेको दाबि गरिएको छ ।

अवाज नाम दिइएको यो अनुसन्धान अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीमा गरिएको बिबिसीले लेखेको छ । यस अनुसन्धानमाया सहभागी डाक्टरहरुले चेतावनी दिदै फेसबुकमा उपलब्ध भ्याक्सिन बारेका गलत जानकारीका कारण भ्याक्सिन आउने बेलासम्म भ्याक्सिन लिनेको संख्या पनि घट्ने बताएका छन् ।

फेसबुकले आवाजको यो गलत जानकारी कम गर्ने अनुसन्धानप्रति आफ्नो समर्थन रहेको जनाउदै फ्याक्ट चेकिंग गर्नेक्रममा कोरोनासँग जोडिएका ९ करोड ८० लाख गलत जानकारीलाई चेतावनी जारी गरेको र ७० लाख कन्टेन्ट हटाएको बताएको छ ।

साथै फेसबुकले आफुले दुई अरब भन्दा बढी प्रयोगकर्ताहरुलाई स्वास्थ्य अधिकारीहरुसँग जोडेको र जब उनीहरुले कोरोना बारेको सूचना सेयर गर्न खोज्छन उनीहरुलाई एक पप-अप देखिने ताकी सो सूचना विश्वास गर्न लायक छ या छैन भनेर छुटाउन सकुन, भन्ने व्यवस्था गरेको बताएको छ ।

फेसबुकले यस्तो दाबि गरेपनि आवाजले भने फेसबुकले केवल १६ प्रतिशत कोरोनाबारेका गलत जानकारीलाई मात्र चेतावनी जारी गरेको जनाएको छ । साथै आवाजले फेस्बुक्क कैयौं पब्लिक पेजहरुले गलत जानकारी सेयर गरेको उल्लेख गरेको छ ।

अनुसन्धानमा ४२ यस्ता पेजहरु जसलाई २ करोड ८० लाख मानिसहरुले फलो गर्छन उनीहरुले गलत जानकारी फैलाएको पाइएको आवाजले उल्लेख गरेको छ । उदाहरणको लागि बिल गेट्सले समर्थन गरेको पोलियो भ्याक्सिनले भारतमा ५ लाख बालबालिकालाई प्यारालाइसिस भएको भन्ने आर्टिकल ८४ लाखले हेरेको उल्लेख छ ।

त्यस्तै क्वारेन्टाइनमा बस्दा पब्लिक हेल्थ बिग्रिन्छ भन्ने आर्टिकललाई २४ लाखले हेरेका छन् । त्यस्तै इबोला रोगको गलत दाबि बारे लेखिएको आर्टिकललाई ४५ लाखले हेरेको आवाजले उदाहरणको रुपमा प्रस्तुत गरेको छ ।

आवाजका क्याम्पेन निर्देशक फादी कुरान भन्छन् – ‘फेसबुकको अल्गारिदम पब्लिक हेल्थको लागि ठुलो चुनौती बनेको छ ।’ युरोपियन युनियनका मेडिकल विशेषज्ञले मार्क जुकरबर्गले यस बारेमा तुरुन्तै एक्सन लिनुपर्ने बताउछन ।

अवाजले फेसबुकमा भ्याक्सिन टाइप गर्दा भ्याक्सिन बारे अहिलेसम्मका सहि सूचना देखिनु पर्नेमा हजारौं ग्रुप र पेजमा पोष्ट गरिएका गलत जानकारी मात्र देखाउने गरेको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया