Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ६० हजारभन्दा बढी कोरोना संक्रमित ठिक भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ९१ जना संक्रमित ठिक भएका छन् । यो भारतमा एकै दिन ठिक भएको अहिलेसम्मको ठुलो संख्या हो ।

यस अघि भदौ १ गते कुल ५७ हजार संक्रमित ठिक भएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमण ठिक हुने प्रतिशत ७३.६४ रहेको छ । भारतमा अहिलेसम्म कुल संक्रमित २७ लाख ६७ हजार २७४ पुगेको छ । जसमा २० लाख ३७ हजार ८७१ जना ठिक भएका छन् भने ६ लाख ७६ हजार ५१४ कोरोना संक्रमित विरामी उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड १७ लाख ४२ हजार ७८२ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख १ हजार ५१८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । भारतमा अहिलेसम्म १४७० कोरोना परिक्षण ल्याबबाट परिक्षण भइरहेको छ, जसमा ९६९ सरकारी र ५०१ निजी ल्याब रहेका छन् ।

त्यस्तै भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०९२ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६४ हजार ५३१ जना संक्रमित पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया