Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २८८७ कोरोना संक्रमित घरमै आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ भदौसम्म घरमै आइसोलेसनमा बस्नेहरूको यो संख्या सातै प्रदेशको हो ।

होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या सबैभन्दा धेरै प्रदेश-२ मा २३४९ छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८ जना मात्र छन् । त्यसैगरी प्रदेश-१ मा १९७ जना, प्रदेश-५ मा १७० जना, बागमति प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा २७ जना र सुदुरपश्चिम प्रदेशमा २५ जना होम आइसोलेनसनमा रहेका छन् ।

यस्तै संस्थागत रुपमा आइसोलेसनमा रहेकाहरुको संख्या ७६७६ रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै बागमति प्रदेशमा २५१४ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २०८ जना छन् । हालसम्म मुलुकभर कोरोना संक्रमितहरूको संख्या २८२५७ पुगेको छ । यीमध्ये १७५८० जना व्यक्ति निको भइसकेका छन्, भने सक्रिय संक्रमितको संख्या १०५६३ छ ।

तपाईको प्रतिक्रिया