Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट थप सात जनाको ज्यान गएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप ७ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक रएक जना पुरुष र तनहुँकी एक महिला छन् । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

यता आज काठमाडौं उपत्यकामा २०५ सहित एक हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा २०५ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १३८, भक्तपुरमा ५० र ललितपुरमा १७ संक्रमित थपिएका हुन् । नेपालमा आज (मंगलबार) थपिएका एक हजार १६ जनामा संक्रमितमध्ये २०५ जना काठमाडौं उपत्यकाका हुन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

तपाईको प्रतिक्रिया