काठमाडौं – कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हुनुपर्ने बताएका छन् । मंगलबार थापाले ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीले केपी शर्मा ओलीले ‘स्टेट अफ इमर्जेन्सी’ अनुभूति नगर्ने हो भने अरुले जति कराए पनि कोरोना नियन्त्रण नहुने बताएका हुन् ।
नतो थापाले प्रधानमन्त्रीकै अकर्मण्यताका कारण कोरोना महामारीको भयानक अवस्था आएको बताए । सबै तहको सहयोग हुँदाहुँदै पनि प्रधानमन्त्रीको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण भयानक अवस्था आएको उनको आरोप छ ।
थापाले प्रधानमन्त्रीले षडयन्त्रपूर्वक संसद बैठक अन्त्य गरेर गुटगत किचलोको अचानोमा संसदलाई पारेको पनि आरोप लगाएका छन् । ‘असार १८ गते षडयन्त्र पूर्वक संसदको बैठक अन्त्य नगरेको भए सायद अहिले संसदमा नै यो विषयमा हाम्रो संवाद हुने थियो,’ उनले लेखेका छन्, ‘तर अपसोच, तपाईँको पार्टीको गुटगत किचलोको अचानोमा संसदलाई पारियो र कार्यसूचीमा रहेका अनेकन विषयसँगै कोरोनासम्बन्धी महत्वपूर्ण प्रस्तावमा समेत छलफल नभई अधिवेशन अन्त्य गरियो ।’
प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेकाले पत्र लेखेर संवाद गरेको पनि उनले बताएका छन् । ‘कोरोनाको बढ्दो संक्रमण र सरकारको गैरजिम्मेवारीपनबाट उत्पन्न बेचैनमा झिनो आशाका साथ पुनः यो पत्रमार्फत देशको सरकार प्रमुखको ध्यानकर्षण खोजेको छु’, उनले लेखेका छन् । थापाले यस अघि पनि प्रधानमन्त्रीलाई पत्र लेखेर ध्यानाकर्षण गराएका थिए ।
थापाले संसद बैठक अन्त्य गरेर पार्टीको गुट र सत्ताको बारेमा दर्जनौँ पटक बालुवाटार भित्रै बैठक छलफल गरे पनि यो बीचमा विज्ञसँग एक पटक बाहेक कोरोना महामारीबारे सोच्ने फुर्सद नपाएको भन्दै व्यंग्य गरेका छन् । सांसद थापाले मन्त्री र सरकारका जिम्मेवार व्यक्तिले यो बीचमा गैरजिम्मेवारी अभिव्यक्ति दिएको पनि उल्लेख गरेका छन् ।
उनले नेपालमा कोरोना अघि र सरकारको तयारी पछि भएकोले जोखिम बढेको बताएका छन् । ‘कोरोना भाइरसको संकट भूकम्पको कुनै झट्का जस्तो आकस्मिक रुपमा आएको होइन,’ उनले भनेका छन्, ‘नेपालमा मात्रै आएको पनि होइ न। संसारभरी ती देशले सफलतापूर्वक सामना गरेका छ न्। जहाँ नेतृत्व भाइरस भन्दा अगाढि दौडियो । तर, नेपालमा भने कोरोना अघि अघि र सरकारको तयारी पछि पछि भएको छ ।’ उनले तयारी गर्ने, रोकथाम गर्ने समय हुँदाहुँदै पनि समयको सदुपयोग नभएको उनको तर्क छ ।
अब गर्ने
कोरोनाका कारण आपत्कालीन अवस्थामा रहेको भन्दै उनले प्रधानमन्त्रीलाई भाइरस भन्दा अगाडि हुने तयारी गर्न सुझाव दिएका छन् । थापाले प्रधानमन्त्रीले अझै पनि स्टेट अफ इमर्जेन्सीको अनुभूति नगर्ने हो भने अरु कराएर केही नहुने बताए । ‘के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सारा समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यै गर्ने छुट छ ?’ गगनले प्रश्न गदै भनेका छन् ।
- यस्ता छन् थापाका सुझाव :-