Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

लन्डन – कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ । यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ ।

युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ । तर तथ्याँक कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महिनामा अर्थतन्त्रमा निकै सुधार आएको बताएको छ । कार्यालयका अनुसार जुन महिनामा बेलायती अर्थतन्त्र ८.७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याँकशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसलहरु खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरु पुनः शुरु भएको बताउनुभयो ।

बेलायत सरकारले हाल बन्द अवस्थामा रहेका पब, रेष्टुराँहरु खोल्न थालिए अर्थतन्त्रमा व्यापक सुधार आउने जनाएको छ । बेलायती अर्थमन्त्री रिशी सुनाकले कोरोनाभाइरसको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै दशौं हजारले रोजगारी गुमाएका र आगामी महिनामा त्यो संख्या अझ बढ्न सक्ने जानकारी दिनुभयो ।

जहाँसम्म, बेलायत सरकारले मजदुरको ज्याला भुक्तानीमा कम्पनीहरुलाई आर्थिक सहायता गरिरहेकाले पनि अर्थतन्त्रलाई पुनर्जीवन दिन सहज हुने बेलायती अर्थविज्ञहरुको ठम्याई छ । सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ, र यो सहायता अंक करिब ४४ अर्ब डलर छ ।

तपाईको प्रतिक्रिया