Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको  बिहान पौने ६ बजे मृत्यु भएको हो ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो ।

मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या पनि रहेको गेलालले जनाए । अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया