Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – विश्वव्यापी कोरोना महामारीका विषयमा सचेत हुन र सावधानी अपनाउन आग्रह गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले जानकारी दिएका छन् ।

संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी शुरु भईसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । पछिल्लो समय नेपालमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खट्दै आएका स्वास्थ्यकर्मीमा समेत धमाधम संक्रमण फेला पर्न थालेको छ ।

तपाईको प्रतिक्रिया