Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका २५९ जनामध्ये ६२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४८ भक्तपुरका १३ र ललितपुरका १ जना रहेको छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया