Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ –   स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले कोरोनाविरुद्ध खोप आउने आशा त छ तर अहिलेसम्म यसको कुनै अचूक औषधि बनिसकेको छैन र सायद कहिले नबन्न पनि सक्छ भनेका छन्।

उनले यसअघि पनि धेरैपटक कोरोना भाइरस कहिले निर्मूल नहुन पनि सक्ने भएकाले योसँगै बाँच्न सिक्नुपर्छ भनिसकेका छन्। उनले यो पनि भनिसकेका छन् कि कोरोना एकदमै फरक किसिमको भाइरस हो, यसले आफ्नो रूप परिवर्तन गरिरहन्छ। अनि यसलाई मौसम परिवर्तनले पनि कुनै असर पार्दैन किनकि यो मौसमी फ्लु होइन।

तसर्थ यसबाट बच्न शारीरिक दूरी कायम गर्ने, राम्रोसँग साबुनपानी हात धुने तथा मास्क लगाउनेजस्ता नियम पालना गर्न विश्वका मानिसलाई डा. टेड्रोसको सुझाव छ।

उनले भनेका छन्, ‘धेरैवटा खोप तेस्रो चरणको परीक्षणमा छन् र हामीलाई आशा छ, कुनै एउटा खोप कोरोना संक्रमणबाट मानिसलाई बचाउन प्रभावकारी हुनेछ। तर अहिलेसम्म यसको कुनै अचूक औषधि पत्ता लागिसकेको छैन र कहिले पत्ता नलाग्ने सम्भावना पनि उत्तिकै छ। यसर्थ हामीले कोरोना परीक्षण, आइसोलेसन र मास्कका माध्यमबाट कोरोना रोक्ने काम जारी राख्न जरुरी छ।’

साथै उनले जुन आमालाई कोरोना संक्रमणको आशंका छ वा पुष्टि भएको छ, उनलाई स्तपान गराउन रोक लगाउन आवश्यक छैन।

डा.टेड्रोसले यसअघि जुन महिनामा पनि भनेका थिए, ‘हामीलाई थाहा छ कि ठूलो मान्छेको तुलनामा बच्चालाई कोरोनाको जोखिम कम हुन्छ। तर बच्चालाई अन्य त्यस्ता धेरै रोगको जोखिम हुन सक्छ, जसलाई स्तनपानबाट रोक्न सकिन्छ। डब्लूएचओ प्रमाणका आधारमा के सल्लाह दिन्छ भने बच्चालाई कोरोनाको जोखिमभन्दा स्तनपानको फाइदा बढी छ।’

तपाईको प्रतिक्रिया