Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४१८ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७३२ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५८ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार ९६१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२.१० रहेको प्रवक्ता गौतमले बताएका छन्

त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ८६१ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ९८ हजार ९०७ नमुनाको पिसिआर परिक्षण भएको छ । त्यस्तै अहिले देशभरमा १० हजार ९३४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ७३२ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया