Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – बेलायतको अक्सफोर्ड युनिभर्सिटीले बनाइरहेको कोरोनाको भ्याक्सिनको भारतमा मानवीय ट्रायल हुने भएको छ । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डियाले अक्सफोर्डको कोरोना भ्याक्सिनको दोस्रो र तेस्रो चरणको मानवीय क्लिनिकल ट्रायलको अनुमति दिएको छ ।

साथै भारतमा सीरम इन्स्टिच्युट अफ इण्डियाले मानवीय ट्रायलको अनुमति पाएको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार अक्सफोर्डको यो भ्याक्सिनको मानवीय ट्रायलमा हरेक संक्रमितलाई २९ दिनमा दुई डोज दिइने बताइएको छ । सीरम इन्स्टिच्युटले भारतमा कोरोना भ्याक्सिनको ट्रायलमा पार्टनरसिप गरेको छ ।

अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिनको पहिलो र दोस्रो चरणको मानवीय क्लिनिकल ट्रायल दक्षिण अफ्रीकामा गरिएको छ भने तेस्रो चरणको ट्रायल ब्राजिलमा गरिएको छ । कोशिल्ड नाम दिइएको यो भ्याक्सिन कोरोनाको उपचारका लागि बनिरहेको भ्याक्सिनमा सबैभन्दा छिटो बन्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया