Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका मध्ये ३१ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २२ ललितपुरका ८ र भक्तपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २४६ थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ, भने संक्रमितमध्ये १४ हजार ६ सय तीन जना निको भएर घर फर्किएका छन् । आइतबारमात्रै एक सय ११ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया