Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – असार १ पछि लकडाउन खुकुलो भएसँगै मोबाइल पसलहरु खुल्न थाले । पसलहरुमा सुरुमै ग्राहकको बाक्लो उपस्थिति देखियो । त्यतिबेला मोबाइल बिक्रेताहरुलाई लागेको थियो, तीन महिना बन्द रहेको पसल खुल्दा सुरुमा भीड त लागिहाल्छ नि !

तर, सामान्य अवस्थाको भन्दा तेब्बरसम्म व्यापार हुन थाल्यो । मोबाइल छान्न र किन्न पसलमा पुग्नेको संख्या अझै पातलिएको छैन । मोबाइल बिक्रेता संघका अध्यक्ष पुरु बस्नेत भन्छन्, ‘अहिलेजस्तो मोबाइलको ब्यापार यसअघि भएकै थिएन ।’

उनका अनुसार, दशैंतिहारमा पनि मोबाइलको माग यति धेरै हुँदैनथ्यो । अहिले २० हजारदेखि ३० हजारसम्मका मोबाइल सेटको माग आकासिएको बस्नेत बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार लकडाउनको बाबजुद पनि गत आर्थिक वर्षमा नेपालमा कुल ४३ लाख ६५ हजार ९९० वटा सेट (भन्सार मूल्यांकन १८ अर्ब १७ करोड बराबर) वैधानिक च्यानलबाट भित्रिएको थियो ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष (०७५/७६)मा जम्मा ४२ लाख ७५ हजार ५१८ मोबाइल सेट भित्रिएको थियो ।

‘रेकर्ड ब्रेकिङ’ ब्यापार

नेपालमा सबभन्दा धेरै बिक्री हुने मोबाइल ब्रान्ड ‘सामसङ’को अनुभवले पनि अध्यक्ष बस्नेतको भनाइलाई पुष्टि गर्छ । जुलाई महिनामा सामसङ मोबाइलले नेपालमा ‘रेकर्ड ब्रेक’ ब्यापार गरेको बताउँछन् सामसुङ इलेक्ट्रोनिक्सका नेपाल हेर्ने महाप्रवन्धक प्रणयरत्न स्थापित ।

‘हामीलाई मागअनुसार आपूर्ति गर्न कठीन भइरहेको छ, अहिले पनि बजारमा कतिपय नयाँ मोडलका सेटहरुको अभाव छ,’ उनी भन्छन्, ‘मँहगो पर्ने चार्टर्ड फ्लाइटबाट ल्याएको फोनले पनि बजारको माग धान्न गाह्रो भयो ।’

लकडाउन खुकुलो भएपछि आपूर्ति बढाउँदै लगिए पनि अझै मागअनुसार ग्राहकलाई मोबाइल दिन नसकिएको स्थापित बताउँछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया