Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (शनिबार) थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ४९२ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका एक, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका एक, इलामका १७ र सिरहाका पाँच जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक, इलामका पाँच, उदयपुरका एक र मोरङका दुई, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका सात जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नारायणी अस्पताल वीरगञ्जमा बाराका एक, पर्साका ६२ र रौतहटका एक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका नौं, कञ्चनपुरका आठ र काठमाडौंका दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका एक र रामेछापका दुई जना छन् । नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका एक, स्टार अस्पताल सानेपामा पर्साका तीन, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका दुई, भक्तपुर र पर्साका एक–एक जनामा कोरोना संक्रमण फेला परेको छ ।

प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका एक१, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका दुई, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका एक, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका एक जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म पिसिआर परीक्षण गर्नेको संख्या ३ लाख ८२ हजार ४९० पुगेको छ । कुल संक्रमितमध्ये हाल ५ हजार ३३८ जना संक्रमित संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मुलुकभर हाल ११ हजार ५३३ जनालाई मन्त्रालयले क्वारेन्टाइनमा राखेको छ ।

तपाईको प्रतिक्रिया