Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

इलाम, – इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिएका छन् ।

योसँगै इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ । यस्तै इलाममा कूल संक्रमितको संख्या ५७ पुगेको छ । बाँकी ४० सशस्त्रको स्वाब संकलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताए ।

तपाईको प्रतिक्रिया