Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट ज्यान गुमाउने चारै जना पर्साको वीरगञ्ज महानगरपालिकाका रहेको प्रवक्ता गौतमले बताए । कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका-११ श्रीपुर ५६ वर्षीय पुरुष, वीरगञ्ज-१६ का ३५ वर्षीय पुरुष, वीरगञ्ज-२, छपकैयाका ६५ वर्षीय पुरुष र वीरगञ्ज-११ घर भई ललिपुरको थसिखेल-५ मा बस्ने ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

६५ वर्षीया महिलाको शुक्रबार बिहान ललिपुरको पाटन अस्पतालमा र बाँकी तीन जना पुरुषको गण्डक अस्थायी कोरोना अस्पताल, वीरगञ्जमा बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

तपाईको प्रतिक्रिया