Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

मोरङ – समुदायमै कोरोना भाइरस संक्रमण व्यापक बन्न थालेपछि मोरङको विराटनगर महानगरपालिकामा भोलि (शनिबार) देखि लागू हुने गरी फेरि दुई साताका लागि लकडाउन गरिएको छ । लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।

समुदायस्तरमै कोरोना भाइरस संक्रमण व्यापक बन्न लागेको ठहर गर्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिएका छन् । नगरस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए ।

‘महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर तीब्र बनिरहेको छ,’ मेयर पराजुलीले भने, ‘त्यसैले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेका छौं ।’ यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया