Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन स्वास्थ्य सजकता र आवश्यक जनशक्ति परिचालन गरेर व्यवसाय शुरु गर्न लागिएको हो । सरकारले यही साउन १५ देखि होटल व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेपछि व्यवसायीले अहिले पर्यटकस्तरीय होटलले आफ्नो तयारी गरिरहेका छन् । पाँचतारे होटललाई भने शुरुमा केही समस्या हुनसक्ने व्यवसायीको भनाइ छ ।

तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तर्राष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आशमा व्यवसायीले सञ्चालनको पूर्व तयारी गरिरहेका हुन् । होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।

सरकारले बजेटमा घोषणा गरेअनुरुप ‘देश दर्शन’ कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्धन हुने ठम्याइका साथ हानले विभिन्न आकर्षक प्याकेज बनाउने योजना रहेको उनले सुनाए । विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पिसीआर सेन्टर स्थापना गरेर चाडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउन सके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताए ।

होटल सञ्चालनको तयारी गरिए पनि शुरुवाती चरणमा पर्यटक अभावले कठिनाइ हुने व्यवसायीको ठम्याइछ । आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु हुने भएकाले होटल व्यवसाय क्रमशः सहज हुँदै जाने उनीहरुको आँकलन छ । होटल व्यवसाय सञ्चालन शुरुवातीका एक सिफ्ट अर्थात् दैनिक आठ घण्टा मात्रै कमभन्दा कम कर्मचारीबाट सञ्चालन गरिनेछ । सामान्य अवस्थामा होटल तीन सिफ्टमा सञ्चालन हुन्थ्यो ।

कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित सेवा सञ्चालनको सुनिश्चितताका लागि होटल व्यवसायीले सुरक्षा मापदण्डको अभ्यास गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार र होटलले बनाएको स्वास्थ्य प्रोटोकलका आधारमा सेवा सञ्चालन गरिने व्यवसायीले बताएका छन् ।

अबको १५ दिन आन्तरिक तयारीमा जुट्ने योजना बनाएका व्यवसायीले विदेशी पर्यटक नेपाल आउँदा शुरुमा स्वास्थ्य परीक्षण र क्वारेन्टिन कसरी र कति अवधि भन्नेबारे चाडो निर्णय गरेको खण्डमा व्यवसायीले तयारी गर्न सहज हुने उपाध्यक्ष शाहको भनाइ छ । कोभिडसँगै व्यवसाय अघि बढाउनुपर्ने बाध्यता रहेकाले पनि व्यवसायीले त्यसअनुरुपको तयारी गरेका हुन् । छिमेकी मुलुक भारत र चीनबाट अहिले पनि धेरै संख्यामा पर्यटक आउन चासो देखाइरहेका छन् ।

तर यसका लागि उडान सहज भएपछि पनि स्वास्थ्य सुरक्षा सुनिश्चितता चाहिन्छ । कतिपय मुलुकका पर्यटक नेपाल आउन बुभिङ गरिरहेका पनि व्यवसायीले जनाएका छन् । आगामी अक्टोबर महिनाबाट पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित व्यवसायीले बुकिङ लिएको बताइएको छ । हानमा आबद्ध पर्यटकस्तरदेखि पाँचतारे गरी तीन हजारभन्दा बढी होटल छन् । रासस

तपाईको प्रतिक्रिया